लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

काठमाडौं महानगरपालिका-स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका-१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बताइएको छ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्ने बताइएको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जाल ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

Logo