सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन्।

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This
Skip This
Logo