सत्ता परिवर्तनको तयारीसँगै सेयर बजारमा उछाल, ५ प्रतिशत बढेपछि कारोबार बन्द

सत्ता परिवर्तनको तयारीसँगै सेयर बजारमा उछाल, ५ प्रतिशत बढेपछि कारोबार बन्द

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । सत्ता परिवर्तनको तयारीसँगै सेयर बजारमा उछाल आएको छ । पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर हो ।

दोस्रो सर्किटसँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । उक्त समयपछि कारोबार पुनः खुल्ने छ । बजार १०२.६८ अंकले बढेर परिसूचक २१५६.०७ बिन्दुमा कायम भएको छ । उक्त समयमा १४ करोड १७ लाख ७३ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।

कारोबार सुरु भएको २ मिनेटमा नै बजार ४.०१ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । पहिलो सर्किटमा सेयर बजार ८२.४८ अंकले बढेर परिसूचक २१३५.८७ बिन्दु पुगेको थियो ।

Skip This
Logo