हिरोले ल्यायो कार्बन फाइबर भएको मोटरसाइकल, यी व्यक्तिले मात्र किन्न पाउने

हिरोले ल्यायो कार्बन फाइबर भएको मोटरसाइकल, यी व्यक्तिले मात्र किन्न पाउने

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो नयाँ विशेष संस्करणको मोटरसाइकल सेन्टेनिअल लिलामीका लागि ल्याएको छ ।

हिरो मोटोकर्पले कम्पनीका संस्थापक बृजमोहन लाल मुञ्जालको १०१औँ जन्मदिनको उपलक्ष्यमा सार्वजनिक गरेको यो बाइक गत जनवरीमा हिरो वल्ड्र इभेन्टमा पहिलो पटक विश्वसामु प्रस्तुत गरिएको थियो ।

सोही बेला कम्पनीले हार्ले डेभिडसनमा आधारित आफ्ना दुई नयाँ मोडल एक्सट्रिम १२५ आर र माभरिक ४४० बजारमा ल्याएको बताइएको छ । कम्पनीका अनुसार यो बाइक १०० युनिट मात्रै बनाइ बिक्री गरिने छ । यो बाइक कम्पनीको प्रख्यात मोडल हिरो करिज्मा एक्सएमआरको प्लेटफर्ममा आधारित रहेको छ । यसमा कार्बन फाइबर बडी वर्क देखिन्छ । जसलाई एउटै सिटसँगै केही नयाँ कम्पोनेन्ट र फिचरले सजाइएको छ ।

यसमा पूर्णतया समायोज्य सस्पेन्सन, अक्रोपोभिकको कार्बन फाइबर निकास मफलर छ । १५९ किलोग्राम वजन भएको यो मोटरसाइकलको मूल्य भने निर्धारण गरिसकिएको छैन । कम्पनीले यसमा मोटरसाइकलमा एमआरएफ टायर प्रयोग गरेको छ ।

विशेष घराना र ठूला व्यवसायीका लागि प्राथमिकता दिँदै उत्पादन गरिएको यो बाइक बजारमा बिक्रीमा भने ल्याइएको छैन । यो बाइक आफ्ना कर्मचारी, सहयोगी, व्यवसायिक साझेदार र सरोकारवालालाई मात्र बिक्री गरिने कम्पनीले बताएको छ । यसको मतलब कम्पनीले तोकेको सीमाभित्र नपरेका सर्वसाधारणले यो बाइक किन्न पाउँदैनन् । हिरोले सेप्टेम्बर महिनाबाट यो विशेष बाइकको डेलिभरी सुरु गर्ने बताइएको छ । एजेन्सी

Skip This
Logo