भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

केन्द्रबिन्दु
681
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को असार १८ गतेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुरुप राजीनामा नदिई संसद्मा प्रस्तुत हुनुपर्ने निर्णयबारे जानकारी दिएको सचिवालयले उक्त समाचारको खण्डन गर्दै स्पष्ट पारेको छ ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक प्रक्रियाअनुरुप नै अगाडि बढ्ने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ ।

Logo