सार्वजनिक खरीद अनुगमन कार्यालयले माग्यो १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण

सार्वजनिक खरीद अनुगमन कार्यालयले माग्यो १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग गरेको छ । कार्यालयले ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको जनाएको छ ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।

विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुनः सूचना जारी गरिएको हो ।

Logo