नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरीद गर्न पाउने

नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरीद गर्न पाउने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणका लागि पनि बिक्री खुला गरेको हो ।

बैंकले उक्त शेयर यसअघि जेठ ११ गते र असार १२ गते गरी २ पटक ३५ दिने अवधिसहित संस्थापक शेयरधनिका लागि बिक्री खुला गरेको थियो । तर, उक्त समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै लिखित जानकारी पेश हुन नआएपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर पुनः बिक्रीमा ल्याएको बताइएको छ ।

बैंकका अनुसार संस्थापक शेयरधनिबाहेक अन्य व्यक्ति वा संस्थाले पनि उक्त शेयर खरीद गर्न सक्ने छन् । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुकले ७ दिनभित्र आवेदन दिनसक्ने बताइएको छ । ईच्छुकले काठमाडौँको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

Logo