ग्यालेक्सीका फोल्डेबलहरू अब बजारमाः जेड फोल्ड ६ र फ्लिप ६ का लागि दुई गुणाबढी प्रि–अर्डर

ग्यालेक्सीका फोल्डेबलहरू अब बजारमाः जेड फोल्ड ६ र फ्लिप ६ का लागि दुई गुणाबढी प्रि–अर्डर

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन – ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ का लागि रेकर्ड प्रि–अर्डर घोषणा गरेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ का लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झण्डै दोब्बर प्रि–अर्डर भएको छ । प्रि–अर्डर १५ साउन २०८१ मा समाप्त भएको थियो र यी फोल्डेबलहरू अब बजारमा उपलब्ध छन् ।

“नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू – ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाका लागि हामी खुसी र आभारी छौँ । हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन, र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ”, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू हुन । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ । जसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउँछ ।

ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ ग्यालेक्सीका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् जसले सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दै प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ । यसले सुधारिएको समग्र प्रदर्शनको साथमा परिष्कृत ग्राफिक्स प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फोल्ड ६ ले एआई–सञ्चालित – नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो – जस्ता सुविधाहरू र उपकरणहरू प्रदान गरी ठुलो स्क्रिनलाई अधिकतम बनाउन र उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गर्दछ ।

गेमिंग सेसनलाई लामो समयसम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड ६ अब १.६ गुना ठुलो भेपर चेम्बरको साथ आउँछ । रे ट्रेसिङले यसको ७।६ इन्चको स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई समर्थन गर्छ र थप इमर्सिभ गेमिङ प्रदान गर्न यसको डिस्प्लेले २,६०० नितसम्मको ब्राइटनेस प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फ्लिप ६ ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरू प्रदान गर्दछ । जसले गर्दा हरेक क्षणको अधिकतम फाइदा लिन सकिन्छ । ३।४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा आफ्नो फोन अन्फोल्ड नगरिकनै एआई–असिस्तेड फन्कसन्हरू प्रयोग गर्न सकिन्छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ को अतिरिक्त सामसङले एआई–इनफयुजड ग्यालेक्सी इकोसिस्टम प्रदक्तहरू – ग्यालेक्सी वाच ७ र ग्यालेक्सी बड्स ३ पनि प्रस्तुत गरेको छ ।

बजारमा उपलब्ध सिल्भर श्याडो, न्यभी रंगको ग्यालेक्सी जेड फोल्ड ६ (१२-५१२ जीबी) को मूल्य २ लाख ४९ हजार ९९९ रहेको छ । यस्तै, ग्यालेक्सी जेड फोल्ड ६ (१२-२५६ जीबी) को मूल्य २ लाख ३४ हजार ९९९, ग्यालेक्सी जेड फ्लिप ६ (१२-२५६ जीबी) सिल्भर श्याडो ब्लु रंगका मूल्य १ लाख ५४ हजार ९९९ रहेको छ ।

सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षका लागि १ पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्नेछन् । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डाटा ४९९ मिनेट कल ं४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन्।

थप रूपमा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाका साथ ग्राहकहरूले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ को लागि ६ हजार ८५४ प्रतिमहिना अवधिमा देश भरका कुनै पनि सामसङ अधिकृत स्टोरहरूबाट डाउन पेमेन्ट गरी प्राप्त गर्न सक्ने छन् । सेवालाई अझ सरल बनाउँदै उपभोक्ताहरूले सहज रूपमा आफ्नो नागरिकता कागजातको साथ स्मार्टफोनहरू प्राप्त गर्न सक्छन्।

Logo