स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः वैद्य

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः वैद्य

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरूका लागि वीरगञ्जमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा प्रमुख अतिथि वैद्यले सो कुरा राखेका हुन् ।

उद्धघाटन कायक्रममा बोल्दैै वैैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरूलाई स्याहार काम, यसको अर्थतन्त्रमा योगदान विषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नुरहेको बताए । त्यस्तै, स्याहार कामका लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए तापनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार सँगसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरूको उत्तिकै जिम्मेवारी रहेकाले अन्तररास्ट्रिय श्रम सङ्गठको सशक्त महिला समृद्ध नेपाल परियोजानासँगको सहकार्यमा मधेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरूमा कार्यक्रम गरिँदै आइरहेको बताए ।

त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा व्याापार समिति सदस्य सुबोध गुप्ताले वीरगञ्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बारेमा बताए । कार्यक्रमका अर्का वक्ता महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुनुपर्ने विषय भएको बताए ।

तीन दिने तालिम उद्धघाटन कार्यक्रम नेउवा महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरुलाई स्वागत गर्दै यी र यस्ता पैरवीका कार्यक्रमहरुसँगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्त्व दिनुपर्नेमा जोड दिएका पिथ भने कार्यक्रमको उद्देश्यबारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तररास्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, व्यावसायिक प्रतिष्ठानका साथै श्रम रोजगार कार्यालय, वीरगञ्ज नगरपालिकाबाट झन्डै ६५ जनाको उपस्थिति रहेको थियो ।

Logo