रियलमी सी ६१ः नयाँ एन्ट्री–लेभल स्मार्टफोन बजारमा

रियलमी सी ६१ः नयाँ एन्ट्री–लेभल स्मार्टफोन बजारमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६१ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरूले अब चार वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी भएकोले ४ वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधा स्मार्टफोनहरुमध्ये सबैभन्दा उत्कृष्ट हो । यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “रियलमीमा हाम्रो लक्ष्य भनेको हाम्रा प्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरु प्रदान गर्नु हो । रियलमी सी ६१ यसै प्रतिवद्धताको प्रमाण हो । हामीले सी ६१ लाई दैनिक जीवनमा आइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षम हुने तरिकाले डिजाइन गरेका छाँै । धातु, फोमदेखि सिलिकन लगायतका विभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउनेछ ।”

रियलमी सी ६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ । रियलमी सी ६१ ले १० लाख बटन प्रेस परीक्षण, ४० हजार युसबी प्लग÷अनप्लग परीक्षण र १४ हजार माइक्रो ड्रप परीक्षण सहित ३२० भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको बताइएको छ ।

यसमा ३२ एमपीको सुपर क्लियर क्यामेरा रहेकाले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ । अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ । ४–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकोले ४ वटा पिक्सेललाई एउटै बनाएर ठूलो बनाउन सकिन्छ ।
५००० एमएएचको शक्तिशाली ब्याट्री भएको रियलमी सी ६१मा सिंगल चार्जमा ३० घण्टा भन्दाबढी भ्वाइस कल गर्न सकिन्छ । साथै १ हजार पटक चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८०% सम्म कायम रहन्छ ।

यसमा ७.८४ एमएमको स्लिम बडी रहेको छ । रियलमी सी ६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी ६१ को ४ जीबी प्लस ६४ जीबी भेरियन्टको लागि १३ हजार ४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६ हजार ४९९ रुपैयाँ राखिएको छ । रियलमी सी ६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।

Logo