कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

केन्द्रबिन्दु
28
Shares

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०÷८१ मा ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आरक्षमा जङ्गल सफारी, पररयापर्यटन, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो ।

सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९÷८० मा कार्यालयले ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्षको पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले ७ सय ५० अन्य देशका आगन्तुकले १ हजार ५ सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैंडा र हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

Logo