सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo