सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु निर्वाचित

सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु निर्वाचित

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको २० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि मारुलाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष मारु लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् । नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याहरूको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजीक्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने मारुले बताएका छन् । साथै उनले सम्पूर्ण सिमेन्ट उद्योगीहरूलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत्, बैंङकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरूसँग समन्वय गर्दे अघि बढ्ने बताए ।

नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।

Logo