टाटाका विद्युतीय गाडी खरीदमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

टाटाका विद्युतीय गाडी खरीदमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरीद गर्दा ग्राहकहरूले हाल कायम बैंकको आधारभूत दरमा अतिरिक्त १ प्रतिशत गरी कूल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतीक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झञ्झटरहित तरिकाले ३ दिनभित्रमा कारोवार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।

टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरूको अग्रपंक्तिमा रहेका छन् । आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो छ । पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ । टाटा आफैँमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड हो । भारतमा निर्मित यो गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ । दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

Logo