६८ प्रतिशतले घट्यो एनआईसी एसिया बैंकको नाफा

६८ प्रतिशतले घट्यो एनआईसी एसिया बैंकको नाफा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एनआईसी एसिया बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९-८० को तुलनामा ६८.९ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जबकि गत आर्थिक वर्ष १ अर्ब ३८ करोड मात्र नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ६१ करोड रुपैयाँ छ ।

अघिल्लो पटक ७२ करोड लोन लस प्रोभिजन छुट्याएको बैंकले हाल प्रोभिजनवापत २ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्ष ३८ रुपैयाँ ४४ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २६ पैसा छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक छ ।

एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ३।९५ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म कुल २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Logo