ग्लोबल आईएमई बैंकको नाफा ६ अर्बबढी, कस्ता छन् अन्य सूचक ?

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्बबढी, कस्ता छन् अन्य सूचक ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०-८१ मा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक हुुँदा उक्त बैंकको नाफा ६ अर्ब बढी देखिएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ग्लोबल आईएमई बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फी तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ ।

यस्तै, बैंकको कूल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ८.२५ प्रतिशत घटेको छ । ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै, ग्लोबल आईएमई बैंकको प्रतिसेयर आम्दानी १६.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ । बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ ।

Logo