सानिमा बैंकको नाफा २ अर्ब ३८ करोडबढी, यस्ता छन् अन्य सूचक

सानिमा बैंकको नाफा २ अर्ब ३८ करोडबढी, यस्ता छन् अन्य सूचक

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७९-८० मा २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा गत आर्थिक वर्षमा ८.७३ प्रतिशतले कम आएको हो ।

अघिल्लो वर्ष बैंकले गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४७ करोड ८६ लाख रुपैयाँबाट घटेर ६ अर्ब १७ करोड ८० लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको कूल सञ्चालन आम्दानी ३.५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ७ अर्ब ६५ करोड १८ लाख रुपैयाँ थियो । बैंकको इम्पेयरमेन्ट चार्ज ४१.९० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

यससँगै बैंकको सञ्चालन नाफा ८.७३ प्रतिशतले घटेर ३ अर्ब ४४ करोड १२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको थियो । यस्तै, गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी २.५५ प्रतिशतले घटेर ६ अर्ब ४३ करोड रुपैयाँमाथि पुगेको छ ।

वितरणयोग्य नाफा ३६ दशमलव २४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.४२ प्रतिशतले बढेर १.७३ प्रतिशत पुगेको छ । बैंकको आधार दर भने २.३२ प्रतिशतले घटेर ७.८३ प्रतिशत कायम भएको छ ।

बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्ष ग्राहकमा कर्जा प्रवाह ९.६७ प्रतिशतले बढाएर १ खर्ब ५९ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुर्‍याएको छ । निक्षेप संकलन १२.२१ प्रतिशतले बढाएर १ खर्ब ९७ अर्ब १९ करोड ७० लाख रुपैयाँ पुर्‍याएको छ ।

गत वर्ष बैंकको चुक्ता पूँजी ९ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार २६.९० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

Logo