सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा कति कमायो ?

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा कति कमायो ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०-८१ मा ३ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० तुलनामा गत आर्थिक वर्ष बैंकको नाफा ४.७८ प्रतिशतले घटेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ । बैंकले ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ र जगेडा कोष २१.०४ प्रतिशत बढेर १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

बैंकको प्रतिसेयर आम्दानी १.०७ रुपैयाँ घटेर २१.४० रुपैयाँ कायम भएको छ भने खराब कर्जा २.२२ प्रतिशत रहेको छ । अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा घटेर ३६ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकले गत आर्थिक वर्षमा ७.९० प्रतिशत निक्षेप संकलन बढाएर २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ६.१५ प्रतिशत बढाएर १ खर्ब ९५ अर्ब ३२ करोड रुपैयाँ पुगाएको छ ।

Logo