सुनको मूल्यले बनायो अर्को नयाँ कीर्तिमान

सुनको मूल्यले बनायो अर्को नयाँ कीर्तिमान

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन ३ सय रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo