माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेको गत आर्थिक वर्ष २०८०-८१ को नाफा अघिल्लो वर्षको तुलनामा सामान्य अंकले घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको गत आर्थिक वर्षको नाफा २३.०९ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफा सन्तोषजनक नरहे तापनि अन्य वित्तीय अवस्थामा सुधार आएको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फी तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ ।

त्यस्तै, बैंकको कूल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोडमा सीमित भएको छ ।

गत वर्ष बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोष ३.७६ प्रतिशत घटेर ५ अर्ब ६७ करोड रुपैयाँ छ । गत वर्ष बैंकले निक्षेप संकलन २.४४ प्रतिशत बढाएर १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ०.७७ प्रतिशत बढाएर १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ०.८६ प्रतिशत खराब कर्जा रहेकोमा गत वर्ष बढेर १.५६ प्रतिशत पुगेको छ ।

Logo