ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, किन हुँदै छ सामाजिक सञ्जालमा चर्चा ?

ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, किन हुँदै छ सामाजिक सञ्जालमा चर्चा ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । नदीमा बाढी आएको छ भने सडकमा पनि पानी जमेको छ । जसले गाडीबाट पाउने सुविधाबाट विद्युतीय सवारी साधनका (ईभी) मालिकहरू बञ्चित हुन जान्छन् ।

साथै वर्षायाममा दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारीसाधन क्षति हुने सम्भावना पनि उत्तिकै रहन्छ । तर अब विद्युतीय सवारी साधनका (ईभी) मालिकहरूले चिन्ता लिनुपर्दैन । किनभने वर्षाको मौसममा ओलाको एस १ प्रो इलेक्ट्रिक स्कुटर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ओलाको सो स्कुटर मार्च ३१, २०२३ मा एक युट्युबरले समुद्रमुनि चलाएको भिडियो सार्वजनिक भएको हो । सो स्कुटर वाटर प्रुफ इलेक्ट्रिक स्कुटर भएको उक्त भिडियोमा पुष्टि गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा युट्युवरले आफ्नो स्कुटर समुन्द्रमा पूर्ण रूपमा डुबाएका छन् । पानीमुनि पनि सो इलेक्ट्रिक स्कुटर निरन्तर चलाइरहेको र मोटरले पनि काम गरिरहेको देखिएको छ । पानीबाट स्कुटर निकाल्दा पनि स्कुटरको चार्जिङ प्लगभित्र एक थोपा पानी पनि पसेको थिएन ।

स्कुटरको डिस्प्ले, हर्न, इन्डिकेटर र स्पिकर राम्ररी काम गरिरहेको थियो । सो स्कुटर ओला एस१ प्रो दोस्रो पुस्ताको मोडल हो । यसले २.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । यसको टप स्पिड प्रतिघण्टा ११६ किलोमिटर र सिंगल चार्जमा १८१ किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ । यसमा ७ इन्चको टीएफटी डिस्प्ले समावेश छ । सो मोडेलको हार्डवेयरमा ट्युबुलर फ्रेम, सिंगल फ्रन्ट फोर्क र रियर मोनो शक समावेश छ ।

Logo