सीजी मोटर्सद्वारा २५ थान किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण

सीजी मोटर्सद्वारा २५ थान किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले २५ थान किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ । कम्पनीले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी नेपाली बजारमा बिक्री गर्दै आइरहेको किङ्गलङ्गका ती माइक्रो भ्यान सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले एकैपटकमा २५ वटा गाडीहरू हस्तान्तरण गर्न पाउँदा सीजी मोटर्स परिवार अत्यन्तै हर्षित र गौरवान्वित भएको बताए । उनले भने, ‘सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिले वातावरण संरक्षणतर्फ लिनुभएको कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौँ । आगामी दिनहरूमा उहाँहरू जस्तै अन्य यातायात व्यवसायीहरूलाई पनि वातावरणमैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ ।”

बजारमा प्रचलित डिजेल भ्यानहरूसँग तुलना गर्ने हो भने इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्याधिक खर्चहरू पूर्ण रूपमा कटौती गरी धेरैभन्दा धेरै बचतको बाटो खोलिदिएको छ । प्रतिकिलोमिटरको अपरेटिङ खर्चको हिसाब गर्ने हो भने २ रुपैयाँभन्दा पनि कम हुन आउँछ । जसकारण यातायात व्यवसायीहरूले न्यूनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।

किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ । उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने पाण्डेले बताए ।

किङ्गलङ्गको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिने कम्प्पनीको भनाइ छ । साथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Logo