परीक्षणका क्रममा बजाज पल्सर एन १२५, कहिले होला सार्वजनिक ?

परीक्षणका क्रममा बजाज पल्सर एन १२५, कहिले होला सार्वजनिक ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । बजाज अटोले आफ्नो नयाँ कम्युटर बाइक पल्सर एन १२५ को परीक्षण गरिरहेको छ । उक्त नयाँ बाइक बजाजले परीक्षण सकाएर बजारमा ल्याउने तयारीमा रहेको हो ।

नयाँ बजाज पल्सर एन १२५ मा एन १५० जस्तै फ्रेम हुने सम्भावना छ । सस्पेन्सनका लागि यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक जडान गर्न सकिनेछ भने ब्रेकिङका लागि फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक हुनेछ ।

बाइकमा एन्टी लक ब्रेकिङ सिस्टमको सट्टा कम्बाइन्ड ब्रेकिङ सिस्टम दिन सकिनेछ । आगामी पल्सर एन १२५ स्मार्टफोन जडानको साथ रिभर्स एलसीडीको साथ आउने अपेक्षा गरिएको छ । परीक्षणमा देखिएको पल्सर एन १२५ मा ठूला एलईडी हेडल्याम्प र शार्प एक्सटेन्सनसहितको मस्कुलर फ्युल ट्याङ्की देखिएको छ ।

बाइकको पछाडिको भागमा ड्युअल एलईडी टेलल्याम्प सेटअप भएको टेल सेक्शन पनि देखिएको छ । सो बाइक टर्न इन्डिकेटर हलोजनले सुसज्जित हुनेछ । मिडिया रिपोर्टका अनुसार पल्सर एन १२५ मा एन १५० इन्जिनको सानो संस्करण देख्न सकिने अनुमान गरिएको छ ।

यसमा १२५ सीसीको एयर कुल्ड इन्जिन हुनेछ । सो बाइकको मूल्य १ लाख भारु हुनसक्ने अनुमान गरिएको छ । भारतीय बजारमा लन्च भएपछि यसले टीभीएस रेडर १२५, हिरो एक्सट्रिम १२५ आर र होन्डा एसपी १२५ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

Logo