नेपाल माइक्रो इन्स्योरेन्स आईपीओ निष्कासन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्स आईपीओ निष्कासन गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत रकमको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीका अनुसार २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन हुने छ ।

कम्पनीको शेयर अंकित मूल्य १०० रुपैयाँका दरले जारी हुनेछ । सम्झौतामा निष्कासन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सीईओ मृगेन्द्रनाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

Logo