बिहीबार विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार विदेशी मुद्राको विनिमय दर कति ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Logo