आज सुनको मूल्य तोलामा ३ सयले बढ्याे

आज सुनको मूल्य तोलामा ३ सयले बढ्याे

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ । 

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भइरहेको  छ। 

Logo