भैँसीको मासु र सुन्तला चीनमा निर्यातको तयारी

भैँसीको मासु र सुन्तला चीनमा निर्यातको तयारी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चीनमा भैँसीको मासु र सुन्तला निर्यात हुने बताएका छन् । मन्त्री अधिकारीले चीनमा प्रशोधित भैँसीको मासु र सुन्तला निर्यातको तयारी अन्तिम चरणमा रहेको बताएका हुन् । चीनका राजदूत चेन सोङ्गसँग मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा उनले निर्यातको कानुनी प्रक्रियाहरू पूरा गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सो सहमति भएको थियो । नेपालबाट भैँसीको मासु चीन निर्यातबाट नेपाल र चीनबीचको व्यापार घाटा न्युनीकरण हुने अपेक्षा गरिएको छ । हाल चीनमा नेपालबाट राँगा र भैँसीको मासु घुमाउरो बाटो हुँदै पुग्ने गरेको छ । भारत, भियतनाम र थाइल्याण्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्ने भएकाले नेपालले राँगा र भैँसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीहरू बताउँछन् ।

Logo