टाटा मोटर्सको साउनमै दशैँ अफर

टाटा मोटर्सको साउनमै दशैँ अफर

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले साउन महिनामै दशैँ कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरूमा साउन २५ देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै साउनमै दशैँ कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

Logo