शून्य बचत खाताबापतको बीमा रकम दुई वर्षपछि भुक्तानी

शून्य बचत खाताबापतको बीमा रकम दुई वर्षपछि भुक्तानी

केन्द्रबिन्दु
70
Shares

मुगु । एनआईसी एसिया बैंकले दुई वर्ष अगाडि सञ्चालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजनाअन्तर्गत शून्य बचत खाता खोलेका बचतकर्ताको दुर्घटना बीमाबापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

दुई वर्ष अगाडि सञ्चालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्य बचत खाता खोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाँउका गोर्खसिंह खड्काकी श्रीमती मायादेवी खड्कालाई एनआईसी एसिया बैंक मुगु शाखाले दुर्घटना बीमाको १० लाखको चेक हस्तान्तरण गरेको हो ।

छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाउँका ३८ वर्षीय खड्काले ०७९ जेठ २६ गते एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्य बचत खाता खोलेकी थिइन् ।

बैकले खाता खोल्ने आफ्ना ग्राहकका लागि १० लाख बराबरको दुर्घटना बीमाको योजना ल्याएको थियो । खड्काको २०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो ।

उक्त योजनामा खाता खोलेका खड्काको दुर्घटनामा परी मृत्यु भएकाले उनकी श्रीमतीलाई १० लाखको चेक हस्तान्तरण गरेको एनआईसी एसिया बैंक मुगु शाखाका प्रबन्धक विश्वराज बुढाले बताए ।

आफ्ना श्रीमान्ले बैंकमा खाता खोलेको उनलाई जानकारी थिएन । बैंकले आफूलाई १० लाखको चेक हस्तान्तरण गरेको र उक्त रकम सोही बैंकमा मुद्दती खातामा राखेर त्यसबाट आएको ब्याजले छोराछोरीको पढाइमा खर्च गर्ने खड्काकी श्रीमती मायादेवीले बताइन् ।

Logo