सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रुपैयाँले बढेर १ हजार ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo