आईएमई पेले पायो सिसा पीसीआई डीएसएस प्रमाणीकरण

आईएमई पेले पायो सिसा पीसीआई डीएसएस प्रमाणीकरण

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । आईएमई पेले सिसा पीसीआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरण प्राप्त गरेसँगै आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस प्राप्त गर्ने संस्था बनेको छ ।

आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात् नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्‍याएर नवीकरण गरेको छ । अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको छ ।

Logo