प्युठानको बिजुवारमा प्रभु बैंकको शाखा सञ्चालनमा

प्युठानको बिजुवारमा प्रभु बैंकको शाखा सञ्चालनमा

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडले प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि प्युठान नगरपालिका, वडा नं.४ बिजुवारमा आप्mनो ३१५ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

जिल्ला समन्वय समिति प्रमुुख धरमबहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । शाखा विस्तार अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करीब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

Logo