कालीमाटीमा कुन तरकारीको मूल्य घट्यो, कुन बढ्यो ?

कालीमाटीमा कुन तरकारीको मूल्य घट्यो, कुन बढ्यो ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सबैभन्दा सस्तो तरकारीमा सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ । गोलभेँडा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउ ९७५ रुपैयाँ छ।

आज डल्ले च्याउ ३२४, ब्रोकाउली १७०, ठूलो गोलभेँडा ७६, रातो आलु ६८, प्याज ९८, बन्दा ५५, स्थानीय ज्यापु काउली ९६, भन्टा ४६, तने बोडी ६५, करेला २७, लौका ४५, परबल ५५, हरियो फर्सी ७६, कन्य च्याउ १८६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । यो सबै औसत मूल्य हो।

हिजो डल्ले च्याउ ३००, ब्रोकाउली १७०, ठूलो नेपाली गोलभेँडा ७६, गाँजर ११६, बन्दा ६५, स्थानीय काउली ६५, सेतो मुला २५, डल्ले भन्टा ५६, तने बोडी ५५, करेला ३५, घिरौँला ३६, हरियो फर्सी ७६, स्कुस ४६, कन्य च्याउ १९२ रुपैयाँ प्रतिकिलो थियो।

Logo