चिनीको जोहो गर्दै सरकार

चिनीको जोहो गर्दै सरकार

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्ने तयारी गरेको हो । विभागले भारतले नेपालका लागि तोकेको कोटा अनुसार चिनी आयात गर्नका लागि इच्छुक फर्म तथा व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।

भारतले गत वर्षको दसैँतिहारमा नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने कोटा निर्धारण गरेको थियो । तर गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउने छ भने १९ हजार मेट्रिक टन चिनी निजी व्यापारीमार्फत ल्याइने विभागले जनाएको छ ।

Logo