आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद सेयरमा खुल्यो आवेदन

आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद सेयरमा खुल्यो आवेदन

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले आवेदन खुलाएको हो । साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउनेछन् । आवेदन भदौ १६ गतेसम्म खुला रहने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनबाट कम्पनीले १ अर्ब २० करोड थप गर्न लागेको हो । हाल कम्पनीको ८.४ मेगावाटको आँखुखोला १ आयोजना सञ्चालित छ ।

Logo