सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प आजदेखि, ७ जनालाई आकर्षक एसोसरिज प्याकेज

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प आजदेखि, ७ जनालाई आकर्षक एसोसरिज प्याकेज

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ आजदेखि सुरु भएको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आजदेखि २९ गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गरेको हो ।

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने भएकाले सुजुकीका ग्राहकलाई जानकारी गराउन उक्त क्याम्पको आयोजना गरेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै ७ जना ग्राहकले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी÷हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाइने कम्पनीले जनाएको छ । यस्तैे लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् तथा इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाइने कम्पनीले जनाएको छ । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Logo