अन्नपूर्णमा ‘श्रावण मेला २०८१’ सम्पन्न

अन्नपूर्णमा ‘श्रावण मेला २०८१’ सम्पन्न

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । साउन महिनाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व झल्काउँदै साउन १८ र १९ गते क्लासिक्स प्रोजेक्ट्स प्रालिले होटल अन्नपूर्णमा ‘श्रावण मेला २०८१’ आयोजना गरेको छ । मेलाले महिलाको दृढता, समर्पण र असीम प्रेमलाई सम्मान गर्दै दिव्य महिना ‘श्रावण’ को रंगीन र खुसीका चाडपर्वलाई सम्मानित गर्ने उद्देश्य राखेको थियो । दुई हजारभन्दा बढीको उपस्थितिका साथ विभिन्न समुदायका महिला र पुरुष एकै मञ्चमा ल्याउने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सबै उमेरका व्यक्तिका लागि एक जीवन्त वातावरण सिर्जना गर्न आयोजना गरिएको मेलामा शाकाहारी भोजन स्टलसमेत राखिएका थिए । मेला स्थलमा ‘शिव लिंग’ पनि राखिएको थियो । पूर्वमिस नेपाल इशानी श्रेष्ठले उद्घाटन गरको कार्यक्रममा खुश्बु प्रधानको पनि प्रस्तुति रहेको थियो ।

मेलामा विभिन्न गेम, लुगा, कस्मेटिक्स, डिजिटल कार्ड, गहना, स्किन केयरलगायत ३६ भन्दा बढी स्टल रहेका आयोजकले जनाएको छ । मेलामा नेपाली संस्कृति, परम्परा, र आध्यात्मिकताको सारलाई सुन्दर रूपमा प्रस्तुत गर्दै, धेरै रंगीन सजावट र फोटो बूथहरू रहेको थियो ।

क्लासिक्स प्रोजेक्ट्स नेपालमा आधारित एक इभेन्ट म्यानेजमेन्ट कम्पनी हो ।

Logo