स्पोर्ट्स भर्सनमा आउँदै रोयल इन्फिल्ड गुरिल्ला ४५० बाइक

स्पोर्ट्स भर्सनमा आउँदै रोयल इन्फिल्ड गुरिल्ला ४५० बाइक

केन्द्रबिन्दु
560
Shares

काठमाडौँ । बाइक निर्माता कम्पनी रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल ‘गुरिल्ला ४५०’ बिक्रीका लागि औपचारिक रूपमा लन्च गरेको छ । कम्पनीले ३०० सीसी देखि ५०० सीसी सेगमेन्टमा उपलब्ध सो बाइकको स्पोर्ट्स बाइक पनि लन्च गर्ने तयारी गरिरहेको छ ।

रोयल इन्फिल्डले ४५० सीसी प्लेटफर्ममा आधारित पाँच वटा मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको बताइएको छ । लन्च गर्ने तयारीमा रहेका यी ५ मध्ये दुई वटा मोटरसाइकल हिमालयन ४५० र हालै लन्च गरिएको गुरिल्ला ४५० बाइक हुन् ।

स्पोर्ट्स बाइक रेट्रो क्याफे रेसरको रूपमा प्रस्तुत गरिने गुरिल्ला ४५० को मूल्य गुरिल्ला ४५० भन्दा बढी हुन सक्छ । सो बाइक गुरिल्ला ४५० मा आधारित स्पोर्ट्स बाइक कन्टिनेन्टल जीटीआर ४५० नाममा आउने अपेक्षा गरिएको छ । साथै यसमा कन्टिनेन्टल जीटी ६५० को डिजाइन पनि देख्न सकिने कमपनीले जनाएको छ ।

सिट माथि हुने गरी लञ्च गरिन लागिएको रोयल इन्फिल्ड गुरिल्ला ४५० स्पोर्ट्स बाइकमा राउन्ड एलईडी हेडलाइट, आरएसयू टेलिस्कोपिक फ्रन्ट फोर्कको सट्टा यूएसडी टेलिस्कोपिक फ्रन्ट फोर्क, बारएन्ड मिरर, नयाँ अलोय ह्विल, रियरमा १६० सेक्शनको पाङ्‍ग्रा, ट्रिपर ड्यास गुगल म्याप र म्युजिक कन्ट्रोल जस्ता फिचर हुने सम्भावना रहेको मीडिया रिपोर्टहरूमा उल्लेख छ ।

Logo