बर्दिवासमा पनि खुल्यो फोटोन र सोकोनका कमर्सियल गाडीको शोरुम

बर्दिवासमा पनि खुल्यो फोटोन र सोकोनका कमर्सियल गाडीको शोरुम

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो ब्रान्ड न्यु शोरुमको उद्घाटन गरेको छ । शुक्रबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको शोरुममा फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् ।

फोटोन मोटर्स चीनको नम्बर १ व्यावसायिक वाहन निर्माताको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ । एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ । यसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन्।

डेडीकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् भने आफ्नो व्यवसायलाई माथि उठाउनका लागि उत्तम गाडी फेला पार्न सक्नेछन् ।

व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।

Logo