यामाहाले ल्यायो ‘बिगेस्ट १०शैँ’ अफर

यामाहाले ल्यायो ‘बिगेस्ट १०शैँ’ अफर

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले आउँदै गरेकोे दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गरी नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहक योजनाअन्तर्गत ‘बिगेस्ट १०शैँ’ नामक अफर ल्याएको हो ।

यो योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सक्नेछन् ।

‘दशैँलाई हामी बडादशैँ पनि भन्छौँ । बडादशैँलाई नामजस्तै भव्य र ठूलो बनाउने सोचअनुसार नै हामीले यो अफर ल्याएका हौँ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालिको दशैँ अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने हाम्रो विश्वास छ ।’ यामाहा नेपालका सीईओ संजीव शुक्लाले भनेका छन् ।

यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिने बताइएको छ । उस्तै यमाहाले आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेड भीथ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ ।

Logo