नाडामा १ सय २७ युनिट बुकिङ भयो बीएडब्लू ब्रम्बी ईभी

नाडामा १ सय २७ युनिट बुकिङ भयो बीएडब्लू ब्रम्बी ईभी

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । नेपालका लागि बीएडब्लू ब्रम्बी ईभीको आधिकारिक वितरक एलआरआर मोटर्सले आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लू ब्रम्बी ईभी बुकिङ भएको सामाजिक सञ्जामार्फत जानकारी दिएको छ ।

३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको बीएडब्लूको ब्रम्बी सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । सुरक्षा अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

साधारण बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको यो ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ । यो गाडीको बजार मूल्य २३ लाख रुपैयाँ रहे पनि नाडा अटो शोमा चाहिँ यसको मूल्य २१ लाख ९० हजार रुपैयाँ मात्र कायम गरिएको थियो ।

Logo