नेपाल र युरोपमा एसयूभी सी १० सँगसँगै आउँदै

नेपाल र युरोपमा एसयूभी सी १० सँगसँगै आउँदै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सांग्रिला मोटरले आफ्ना ग्राहकलाई लक्जरी ईभी उपलब्ध गराउने प्रतिबद्धतालाई जोड दिँदै नेपाली बजारमा सी१० ल्याउने भएको छ । लिप मोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी सी१० को ढुवानी नेपाल र युरोपमा एकैसाथ शुरु गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो जानकारी दिएको छ । सांग्रिला मोटर्सले काठमाडौँ, विर्तामोड, वीरगन्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमा लिप मोटर सी१० वितरण गर्न तयारी गरेको छ ।

लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो । यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ जसले गर्दा ४२० किलोमिटर रेन्ज दिन्छ ।

यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । यसले सुरक्षाका लागि फाइभ स्टार एनक्याप प्राप्त गरेको छ ।

Logo