बीवाईडीका १० लाख ईभी बिक्री, बन्ला त ग्लोबल ईभी मार्केट लिडर ?

बीवाईडीका १० लाख ईभी बिक्री, बन्ला त ग्लोबल ईभी मार्केट लिडर ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । सन् २०२४ मा बीवाईडीले १० लाख ईभी बिक्री गरेको छ । यो वर्षको अगस्ट महिनासम्म बीवाईडीले १० लाख ४ हजार ६२३ ईभी बिक्री गरेको छ । अगस्ट महिनामा बीवाईडीले ३ लाख ७३ हजार न्यू इनर्जी भेइकल बिक्री गर्न सफल भएको हो । यसमा प्लग इन हाइब्रिड र सबै ईभी समावेश छन् ।

यसले बीवाईडीलाई ग्लोबल ईभी मार्केट लिडर बनाउने बाटोतिर अग्रसर गराएको छ । अगस्टमा बीवाईडीको प्लग इन हाइब्रिड अर्थात् पीएचईभीको हिस्सा ६० प्रतिशत छ । बीवाईडीले गत मे महिनादेखि ल्याएको नयाँ डीएम ५.० हाइब्रिड टेक्नोलोजीले यसमा भूमिका खेलेको मानिएको छ । यसको इन्धन खपत निकै नै सुधारिएको छ ।

नेपाली बजारका लागि आधिकारिक वितरक साइमेक्स इंकले हाल बीवाईडी डल्फिन र एट्टो ३ लगायतका मोडल बिक्री–वितरण गरिरहेको छ ।

Logo