बजाजको ‘क्यास सफारी’ अफरः हातहातमा हात्ती, लकमा लखपति

बजाजको ‘क्यास सफारी’ अफरः हातहातमा हात्ती, लकमा लखपति

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘क्यास सफारी’ नामक नयाँ अफर ल्याएको हो । चाडपर्वलाई लक्षित गरी कम्पनीले ‘हातहातमा हात्ती, लकमा लखपति’ नामक अफर ल्याएको हो ।

यो अफरअन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइने छ । कम्पनीको बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी उपलब्ध गराइने बताइएको छ । यसका साथै बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् । कम्पनीले पाँच वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ ।

नेपाली बजारमा बजाजका पल्सर सिरिजमा १२५ देखि २५० सीसीसम्म, एनएस सिरिजमा १२५ देखि ४०० सीसी सम्मका मोटरसाइकल उपलब्ध छन् भने डोमिनार सिरिज र एभेन्जर सिरिजका मोटरसाइकल समेत उपलब्ध छन् ।

Logo