नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपालमा प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सार्वजनिक भएको छ । नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्पले अर्को यो ब्राण्ड सार्वजनिक गरेको हो ।

जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो । यसै साता हायात रिजेन्सी काठमाडौँमा भव्य समारोह सहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । पायोनियर मोटोकर्पले हालै सम्पन्न नाडा अटो शो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरिएन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टर सेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा, शारदा ग्रुपका निर्देशकद्वय प्रदीप शारदा र गौरव शारदा तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरू उपस्थिति थिए ।

शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो । त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो । सो अवसरमा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरिएको थियो ।

Logo