गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि ‘स्टार क्रिकेट’ हुने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि ‘स्टार क्रिकेट’ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले स्टार क्रिकेट २०२१ नामक प्रतियोगिता आयोजना हुने भएको छ । ‘निर्माणका लागि खेलौ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी र स्टार कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।

खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनाको जिम्मेवारी लिएको प्रतियोगितामा धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको सहकार्य पनि हुनेछ ।

च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र लोकप्रिय र चर्चित कलाकारको सहभागिता रहनेछ । भरतपुरमा निर्माणाधीन रंगशाला निर्माण अभियानमा सहयोग गर्ने लक्ष्यसहित मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले बताएको छ ।

राष्ट्रिय क्रिकेट टिमबाट पारस खड्कासहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कलाकारतर्फ सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल र नरेश पौडेल लगायत रहनेछन् ।

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको काम गर्दै आएको छ । आर्थिक अभावका बीच फाउण्डेशनले रंगशाला निर्माण कार्य तिब्र गति अघि बढाउँदै आएको छ । प्यारापिटतर्फ सबै स्ट्याङ्को पिल्लर उठाउने काम सकिएको छ । यस्तै, मुख्य मैदानको काम समेत ८५ प्रतिशत पुरा भएको छ । मुख्य मैदानमा ७ वटा अन्तर्राष्ट्रिय पिच हुने बताईएको छ ।

Logo