पेप्सीकोलामा दिगोको नयाँ सर्विस सेन्टर सञ्चालनमा आयो

पेप्सीकोलामा दिगोको नयाँ सर्विस सेन्टर सञ्चालनमा आयो

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । दिगोले पेप्सीकोलामा आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्विस सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । विश्वकर्मा पूजाको शुभ अवसरमा उक्त सर्विस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

अब दिगोको काठमाडौँ उपत्यकामा मात्र पेप्सीकोला, बल्खु र चारदोबाटोलगायत ३ वटा सर्विस सेन्टर भएको छ । यस सुविधासँगै दिगोले नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । यो अत्याधुनिक सर्विस सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण, र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउने बताइएको छ । यहाँ आधुनिक उपकरण र दक्ष प्राविधिकहरूको टोलीद्वारा ग्राहकका गाडीहरूलाई उत्कृष्ट सेवा उपलब्ध हुनेछ ।

दिगो ग्रुपका संस्थापक राजन रायमाझीले उद्घाटन समारोहमा भने, ‘हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो । पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ । दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन् ।’

गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण र सेवा प्रदान गर्दै आएको दिगो ग्रुपले गाडी बिक्रीमा मात्र नभएर दिगोको ईकोसिस्टम अन्तर्गत चार्जरको बिक्री, वितरण र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ ।

Logo