फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

Logo