ईन्ड्राइभद्वारा योरपेस किप फिट सर्किट कार्यक्रम आयोजना, दुई जनाले जिते ईभी स्कुटर

ईन्ड्राइभद्वारा योरपेस किप फिट सर्किट कार्यक्रम आयोजना, दुई जनाले जिते ईभी स्कुटर

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राइड सेयरिङ एप इन्ड्राइभले योरपेस किप फिट सर्किट कार्यक्रम अन्तरगत रनिङ्ग प्रोग्राम आयोजना गरेको छ । उक्त कार्यक्रमका लागि अगस्टदेखि तालिम सुरु भएको इन्ड्राइभ नेपालको डिरेक्टर रिता पोखरेलले जानकारी दिएकी छन् ।

यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

उनले भनिन्, ‘यो इन्ड्राइभको सानो ड्राइभर क्याम्पेन जस्तो हो । यहाँ आफ्नो व्यस्त समय निकालेर म्याराथनको तयारीमा दैनिक रुपमा सहभागि हुनुहुन्छ उहाँहरुको लागि सानो पुरस्कार पनि राखेका थियौं । जसमा ईभी स्कुटर थियो । दुई जनालाई विजेता घोषणा पनि गरिसकेका छौं ।’

उनले योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको बताइन् । उनले भनिन्, ‘ड्राइभरहरुले कमाउने मात्र होइन आफ्नो स्वास्थ्यको लागि के गर्न सकिन्छ भनेर यो दौडको आयोजना गरेका छौ । सफल भएको छ । धेरै जनाले सहभागिता जनाएका थिए । ४० जनाभन्दा बढि दैनिक रुपमा सहभागि हुनुहुन्थ्यो भने ४५० जना दौडिदै हुनुहुन्छ ।’

यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढवा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।

इन्ड्राइभ सबैका लागि समावेशी र पहुँचयोग्य अनुभव प्रदान गर्न समर्पित छ, विशेष गरी बालबालिका र धावकहरूका लागि जोसँग अन्य अवस्थामा त्यस्ता अवसरहरूमा पहुँच नहुन सक्छन् । कार्यक्रममा सहभागीहरूलाई टी–शर्ट र जुत्ता पनि प्रदान गरिएको छ ।

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औँ काठमाडौँ म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

Logo