असोज १२ देखि खुला गरिँदै अग्रिम टिकट बुकिङ

असोज १२ देखि खुला गरिँदै अग्रिम टिकट बुकिङ

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । रोजगारी तथा अध्ययनका क्रममा काठमाडौँमा रहेकाहरू दशैँतिहार पर्व नजिकिएसँगै घर फर्किन थालेका छन् । दशैँ मनाउन आफ्नो परिवार भएका ठाउँमा जाने प्रचलनका कारण यो समयमा सडक तथा हवाई यात्रुहरूको चाप हुने गर्छ ।

दशैँतिहार पर्व नजिकिएसँगै घर जानेहरूका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ ।

Logo